असार १३, काठमाडौं — युवतीमाथि सिरिञ्ज आक्रमण गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले ती युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३० वर्षीय सन्तोष कार्की रहेको प्रहरीले जनाएको छ ।
उनलाई महाराजगञ्जको भाटभटेनी सुपरमार्केट नजिकैबाट गएराति पक्राउ गरिएको हो । विगत केहि समय यता काठमाडौं उपत्यका लगायत बनेपामा पनि युवतीमाथि सिरिञ्ज आक्रमण हुँदै आएको समाचारहरु सार्वजनिक भएका छन् ।
युवतीमाथि सिरिञ्ज आक्रमण गर्ने एक जना प्रहरी नियन्त्रणमा
