असार १२, काठमाडौं — काभ्रेको बनेपामा एक युवतीले महिलामाथि सिरिञ्ज प्रहर गरेकी छन् । मंगलबार राति सवा ८ बजे घर फर्कँदै गर्दा ३४ बर्षीया महिलामाथि बाटोमा धक्का दिदै एक युवतीले हातमा सिरिन्ज हानेर फरार भएकी छन् ।
उनले राति घर फर्कदै गर्दा बाटोमा विपरित दिशाबाट आउँदै गरेकी एक युवती ठोक्किन आई ्हातमा हात जुधाएर सिरिञ्जप प्रहार गरेको बताइन् । उनले भनिनर्् बाटोमा विपरित दिशाबाट आउँदै गरेकी एक युवती ठोक्किन आईन र हातमा हात जुधाएर अघि बढिन् ।’ ‘उ सँग ठोक्किए लगत्तै हातमा चसक्क भयो, म चिच्याएँ, छोरीले के भयो भन्न नपाउँदै फर्केर हेर्दा ती अधबैशे उमेरकी युवती फटाफट आफ्नो बाटो लागिन् ।
उनि उपचारका लागि टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेकी छन् । उनको रगत परिक्षणको प्रतिबेदन बिहिबार आउने भएको छ । २८ दिनसम्म नियमित औषधी सेवन गर्न चिकित्सकहरुले उनलाई सुझाएका छन् ।