असार ११, काठमाडौं — चट्याङ लागेर दाङ र रुपन्देहीमा गरी ६ जनाको मृत्यु भएको छ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मौरीघाटमा मंगलबार बेलुका परेको चट्याङ लागेर तीन बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।
अचेत अवस्थामा रहेका तीनजनालाई तत्काल लमही अस्पतालमा उपचारका लागि ल्याइएको थियो। अस्पतालले उनीहरु तीनैजनालाई मृत घोषणा गरेको प्रहरीले बताएको छ ।
यस्तै रुपन्देहीमा पनि तीनजनाको चट्याङ लागेर मृत्यु भएको छ ।