बेग्लाबेग्लै विनियोजन विधेयक पारित

 

असार १०,काठमाडौं – संसदमा प्रस्तुत आगामी आर्थिक बर्षको बजेटसँग सम्बन्धित विधेयक बहुमतले पारित भएको छ । प्रतिनिधिसभा बैठकबाट अर्थमन्त्री युवराज खतिवडाले विनियोजन विधेयक, २०७६ लाई पारित गरियोस भनी प्रस्तुत गरेको प्रस्ताव बैठकले पारित गरेको हो ।

‘विनियोजन विधेयक, २०७६ प्रतिनिधिसभाकोे मंगलबारको बैठकमा सरकारको तर्फबाट अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक विधेयक २०७६, राष्ट्र ऋण उठाउने विधेयक २०७६ र ऋण तथा जमानत (तेइसौं) संशोधन २०७६ प्रस्तुत गरे । यी बेग्लाबेग्लै विधेयकमाथि विचार गरियोस् भनी गरेको प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको छ ।

त्यसैगरि, विनियोजन विधेयक अन्र्तगत विभिन्न शीर्षकमा सांसदहरुबाट प्रस्तुत खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि विधेयक वहुमतले पारित भएको हो
प्रतिनिधिसभाको अर्काे बैठक यही असार १३ गते अपराह्न ४ बजे बस्नेछ ।