असार १०,कठमाडौं – सरकारले श्रमिकका लागि पारिश्रामिक निर्धारण गरेको भए तापनि नर्सले तोकिएको पारिश्रामिक नपाएको प्रति सांसद उदया शर्मा पौडेलले सरकारको ध्यानाकर्षण गराएकी छिन् । राष्ट्रिय सभाको बैठकमा मंगलबार बोल्दै उनले नर्सको श्रमको उचित मूल्याङ्कन नभएको बताइन् ।
सांसद खिलकुमार विश्वकर्माले सरकारको चालू आवमा सुत्केरीलाई हिमालमा रु एक हजार पाँच सय, पहाडमा रु एक हजार र तराई रु ५०० प्रभावकारी रुपमा कार्यान्वयन भएको नदेखिएको प्रति सरकारको ध्यानाकर्षण गराए
सांसद इन्दु कडरियाले कञ्चनपुर जिल्लामा हुलाकी सडक बन्दै गर्दा भारतीय सुरक्षाकर्मीले धम्याउने क्रम नरोकिएको हुनाले त्यसप्रति सरकारको ध्यानाकर्षण गराए । सांसद कमलाकुमारी ओलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराउदै यातायात क्षेत्रमा कायम रहेको एकाधिकारको सत्यतथ्य दिन आग्रह गरे ।
रासस