विप्लव नेता पौडेल हत्याबारे ७ दिनभित्र छानबिन गर्न निर्देशन

असार १०, काठमाडौं — सर्लाहीमा विप्लव नेता कुमार पौडेलको हत्याका विषयमा सात दिनभित्र सत्यतथ्य छनबिन गर्न प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन दिएको छ ।

सोमबार बिहान बसेको समितिको बैठकले गृहमन्त्रीलाई हत्याका विषयमा सत्य तथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो ।

समिति बैठकमा उपस्थित गृहमन्त्री रामबहादुर थापाले पौडेल हत्याका विषयमा समितिमा आफ्ना धारणा राखेका थिए । उनले प्रहरी मुठभेडमै उनको मृत्यु भएको दाबी गरे ।

गत बिहीबार विप्लवका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीको गोलीले मारिएका थिए । प्रहरीले आफूहरुमाथि आक्रमण गरेको र जवाफी कारबाहीमा मारिएको दाबी गरेको छ ।