असार ९, काठमाडौं — सरकारले नेपालीहरुको खुसी सर्वेक्षण गर्ने भएको छ। ओली सरकारको ‘सुखी नेपाली समृद्ध नेपाल’ नारालाई आधारमा मानेर यो कार्यक्रम बनाइएको हो ।
आगामी आर्थिक वर्ष भित्र सर्वेक्षण सक्नेगरि तथ्याङक विभागले बजेट विनियोजन समेत गरेको छ ।
तथ्याङक विभागले पछिल्लो जनगणना, कृषि गणना लगायतका तथ्याङकलाई आधार बनाएर अध्यायन गर्ने तयारी गरेको छ ।