असार,९काठमाडौ — राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय महाधिवेशन एक वर्षपछि गर्ने निर्णय गरेको छ ।
आइतबार काठमाडौंमा सकिएको केन्द्रीय कार्यसमितिको विस्तारित बैठकले २०७७ जेठ महिनामा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
राप्रपाले पृथ्वीनारायण शाहको दिव्य उपदेश, महेन्द्रको राष्ट्रवाद र बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई मार्गदर्शक सिद्धान्तका रूपमा अंगिकार गर्ने निर्णय पनि गरेको छ।
दुई चरणमा ४२ जिल्लामा सम्पन्न गरेको राष्ट्रिय स्वाभिमान यात्रालाई विभिन्न चरणमा ७७ वटै जिल्लामा संचालन गर्ने निर्णय पनि बैठकले गरेको बताइएको छ ।