असार ९, काठमाडौं — साझा यातायात सहकारी संस्थाले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा थप २० वटा बस सञ्चालन गर्ने भएको छ । राष्ट्रिय सभागृहमा बसको शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ ।
असार १६ गते अहिले भित्रिएका नयाँ बस सञ्चालनको शुभारम्भ कार्यक्रमपछि लगत्तै सञ्चालनमा आउने बताइएको छ ।
अब थपिने बस नयाँ बसपार्कबाट जडीबुटी हुँदै कमलविनायकसम्मको एउटा मार्ग र चाबहिलबाट त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल हुँदै लगनखेलसम्म सञ्चालन हुनेछ । यी बसले काठमाडौँका विभिन्न स्थान हुँदै भक्तपुर र ललितपुर परिक्रमा गर्ने गरेर अनुमति पाउने भएको छ ।
अहिले साझाका ७१ बस नियमित सञ्चालनमा छन् ।
यी मध्ये एउटा (अपाङ्गता र ज्येष्ठ नागरिकका लक्षित बस) र चार वटासंस्थाले जनाएको छ केही महीनापहिले कार्डमार्फत भाडा तिर्ने प्रविधि (इटिकेटिङ) शुरु गरेको साझाले तीन तहका सरकारसँगको सहकार्यमा विद्युतीय बस सञ्चालनको योजना बनाएको छ ।