असार ८ काठमाडौं — शिखर इन्स्योरेन्स कम्पनीको लाभांश घटेको छ । कम्पनीले शेयरधनीलाई लाभांश नदिने घोषणा गरेसँगै शिखर इन्स्योरेन्सको आजको शेयर मुल्य घटेको छ । कम्पनीको यस्तो घोषणाले शेयर बजारमा प्रभाव परी शेयर मुल्य घटेको हो ।
साताको अन्तिम दिन शिखर इन्स्योरेन्सको ८ सय ६ रुपैयाँमा कारोबार भएको शेयर मुल्य आज नेप्सेमा कारोबार शुरु हुनेवित्तिकै उक्त शेयर मुल्य घटेर ७ सय ४५ रुपैयाँसम्ममा कारोबार भएको देखिएको छ ।
घट्यो शिखर इन्स्योरेन्सको शेयर मुल्य
