असार, ८ काठमाडौं — नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले सरकारबाट संविधानमाथि ठूलो खतरा रहेको बताएका छन् । कांग्रेस पालुङटार नगर सम्मेलनमा बोल्दै उनले देशमा विप्लवबाट भन्दा सरकारबाट धेरै खतरा रहेको बताएका हुन् ।
कांग्रेसको नेतृत्वमा संविधान बनेको र शान्ति प्रक्रियाको बाटो पनि कांग्रेसले थालनी गरेको बताउँदै उनले संविधान बनाएर कांग्रेसले हालेको जग अहिले कम्युनिस्ट सरकारले भत्काउन थालेको आरोप लगाए ।
अर्थतन्त्रलाई गती दिन नसक्नु, शान्ति सुरक्षा कायम गर्न नसक्नु तथा भ्रष्टाचारलाई सरकारले प्रशय दिएको बताउँदै उनले सरकार संविधानले दिएको अधिकार खोस्न लागिपरेको बताए ।
सरकारबाट संविधानमाथि ठूलो खतरा छ —गगन थापा
![](https://www.emailkhabar.com/wp-content/uploads/2019/06/Gagan-Kumar-Thapa-Nepali-Congress-752x440.jpg)