असार ६, काठमाडौं — नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या विरुद्ध ४ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
आज एक विज्ञप्ति जारी गर्दै नेकपाका महासचिव विप्लवले ४ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । आन्दोलनका कार्यक्रमहरुमा असार ७ गते प्रचार–प्रसार, असार ८ गते कोणसभा तथा घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको कार्यक्रम तय गरिएको छ ।