धादिङमा बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

असार ६, काठमाडौं — धादिङमा भएको बोलेरो जिप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गल्छी गाउँपालिका वडा नं ६ का २५ वर्षीय नानु तामाङ, सोही ठाउँका ३० वर्षीया कान्छी भुजेल, गल्छी गाउँपालिका वडा नं ४ का ३८ वर्षीय सेते मिजार, सोही ठाउँका २५ वर्षीय राजु रम्तेलको घटनास्थलमै मृत्यु भएको हो भने २१ वर्षीय समीक्षा अधिकारीको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

दुर्घटनामा १० जना घाइते भएको प्रहरी चौकी बैरेनीका प्रहरी नायव निरीक्षक जनक बस्नेतले जानकारी दिए । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि काठमाडौँ पठाइएको छ । गल्छी गाउँपालिका वडा नं ५ को सिरुवारीबाट बैरेनीतर्फ जाँदै गरेको बा१८च ९४०८ नम्बरको जिप गल्छी गाउँपालिका वडा नं ६ बाँझगाउँमा दुर्घटना भएको हो ।
दुर्घटनामा १० जना घाईते भएको प्रहरीले जानकारी दिएको छ ।