अषाढ ५, काठमाडौं –प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालका सांसदले बिहीबार सुदूरपश्चिम प्रदेश सरकारले बजेटको विरोध गर्दै वजेट पुस्तिका जलाएका छन् ।
विहिबार दिउसो प्रदेशसभाको बैठक बहिस्कार गरेलगत्तै कांग्रेस र राजपाका सांसदले बजेटविरुद्ध नाराबाजी गर्दै प्रदेश सभाको गेटमै बजेटको रातो किताब जलाएका हुन् ।
कांग्रेस र राजपाका सांसदले प्रदेश सरकारको बजेट लुटतन्त्र मच्चाउन र आफ्ना आसेपासेलाई पोस्न शिर्षक विना नै बजेटको रातो किताब बनाएको आरोप लगाए ।
यस्तो बजेट स्वीकार्य नहुने भन्दै कांग्रेस र राजपाका प्रदेश सदस्यले बजेट संशोधन नगरेसम्म विरोध गरिरहने बताएको छ ।
कांग्रेस र राजपाले अवरोध सिर्जना गरेपछि संसद सचिवालयले ८ गतेसम्मका लागि बैठक स्थिगित गरेकोे छ ।