असार ४, काठमाडौं – लोकसेवा आयोगले खुलाएको विज्ञापन संविधानको मर्म अनुसार नै रहेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले दाबी गरेका छन् ।
संविधानसंवत, कानुनसंवत, लोकसेवा आयोगको ऐन र विगतको प्रकृयाहरुलाई समेत आधार मानेर विज्ञापन गरेको उनले दाबी गरेका हुन् ।
अझ मन्त्री पण्डितका अनुसार राज्य व्यवस्थापन तथा सुशासन समितिको निणर्य संविधानसंवत छैन । उनले राज्य व्यवस्था तथा सुशासन समितिले गरेको निर्णय नै संवैधानिक रुपमा, कानुनी रुपमा र प्रक्रियगत रुपमा त्रुटी भएकाले कार्यकारी अधिकार प्रयोग गर्ने अधिकार समितिलाई नभएको उल्लेख गरे ।
लोकसेवा आयोगमार्फत स्थानीय तहको मागको आधारमा सरकारले निकालेको विज्ञापनमा अहिलेसम्म २ लाख भन्दा बढिले समावेशी ढंगले लोकसेवा फाराम भरिएकाले पण्डितले ढुक्क भएर परिक्षा दिन आश्वासन पनि दिएका छन् ।