असार ४, काठमाडौं —गुठी सम्बन्धी विधेयकको विरोधमा वुधवार पनि राजधानीमा विरोध प्रदर्शन भएको छ ।
विधेयकको चर्को विरोध पछि भूमि व्यवस्था मन्त्री पद्या अर्यालले विधेयक मंगलबार फिर्ता लिएको घोषणा गरे पनि त्यसको खारेजीको माग गर्दै काठमाडौंमा विशाल प्रदर्शन भएको हो ।
प्रर्दशनकारीर्ले हाम्रो संस्कृति कसैको दाइजो होइन’, ‘सम्पदा मास्न पाइँदैन’ जस्ता प्लेकार्ड वोकेका छन ।
मन्त्री पद्या अर्यालले मंगलबार सरोकारवाला सँगको छलफलपछि यसलाई अघि बढाउने वताए पनि विधेयकको विपक्षमा रहेकाले आज माइतिघरमा प्रर्दशन गरेका हुन ।
गुठी सम्बन्धी विधेयक गलत भएकाले यसको खारेज हुनु पर्ने उनीहरुको माग छ ।