मनाङ मर्स्याङ्दी क्लब र ढाका अबहानी लिमिटेडवीच एएफसी कप फुटबल

असार ४, काठमाडौं —आज नेपालको मनाङ मर्स्याङ्दी क्लब र बंगलादेशको ढाका अबहानी लिमिटेडवीच एएफसी कप फुटबल खेल हुदैछ ।

बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा बेलुकी ५ बजेर ३० मिनेटमा नेपाल र बंगलादेशको दुई समुहविच खेल हुने भएको हो ।

यस अघिको एएफसी कपको पहिलो खेलमा मनाङ अबहानीसँग पराजित भएको थियो । मनाङ यो पटकको खेल जित्ने दाउमा रहेको छ । नत्र मनाङ खेलबाटै वाहिरनुपर्ने अबस्था रहेको छ ।

‘इ’ समूह मा रहेको मनाङले ४ वटा खेलमध्ये दुई खेलमा पराजित भएको छ भने दुई वटा खेलमा बराबरी खेल्दै दुई अंक बनाएको छ ।