सरकार बाध्य : गुठी विधेयक फिर्ता

असार ३, काठमाडौं — सरकारले गुठी विधेयक फिर्ता लिएको छ । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले मंगलबार पत्रकार सम्मेलन मार्फत गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ फिर्ता लिने निर्णय भएको जानकारी दिइन् ।   

गत वैशाख १५ गते राष्ट्रिय सभामा सो विधयक दर्ता भएको थियो । गुठी मास्ने गरी विधेयक ल्याएको भन्दै चौतर्फी विरोध भएपछि सरकार यस्तो निर्णय गर्न बाध्य भएको हो ।