असार ३, काठमाडौं — संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न खोज्दा प्रमुख विपक्षी नेपाली कांग्रेसले अवरोध गरेको छ ।
बैठक सुरु हुना साथ कांग्रेस सांसदहरुले उठेर रोष्टम घेराउ गरेका छन् ।
गुठी विधेयक विवादबारे ओलीले सदनमा सम्बोधन गर्न सभामुख कृष्ण बहादुर महरासँग समय मागेका थिए भने कांग्रेसले प्रधानमन्त्रीको सम्बोधनभन्दा पहिला आफू बोल्न पाउनु पर्ने माग राखेको थियो ।
तर सभामुखले पहिला प्रधानमन्त्रीको कुरा सुन्ने र प्रतिपक्षीलाई समय दिइने बताएका थिए ।
तर काँग्रेस सांसदहरुले संसदको सर्वोच्चता कायम गरिनुपर्ने, प्रतिपक्षीलाई बोल्न समय दिइनुपर्ने लगायत माग गर्दै रोस्टम घेराउ गर्दै चर्को नाराबाजी गरेका थिए ।
बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित भएको छ।