काठमाडौं —अञ्जु पन्तको स्वरमा रहेको ‘हजार गल्ती’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा अशोककुमार तामाङको शब्द, सूर्य दयालुको सङ्गीत, रिकेश गुरुङको सङ्गीत संयोजन रहेको छ । प्रकाश केसीले मिक्सिङ रमाष्टरिङ गरेका हुन । जीवन शाहीले निर्देशन गरेको भिडियोमा समिर तामाङ, शुसिला थापा र डिम्पी ठकुरीको अभिनय रहेको छ । बुद्ध थापाको छायाँकनमा नवीन निरौलाले सम्पादन गरेका हुन् ।
अञ्जु पन्तको स्वरमा ‘हजार गल्ती’ सार्वजनिक (भिडियोसहित)
