त्रिवि सेवा आयोगमा बिदार्थीद्धारा तालाबन्दी

असार २, काठमाडौं — परीक्षामा अनियमितता भएको भन्दै वरोधमा उत्रिएका विद्यार्थीले त्रिवि सेवा आयोगमा तालाबन्दी गरेका छन् ।
कर्मचारीको परीक्षामा त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य शर्माका आफन्त, अन्य पदाधिकारी र विद्यार्थी नेताकासमेत आफन्तको नाम निकालेको भन्दै अख्तियार र सतर्कता केन्द्रमा उजुरी परेको थियो ।
उजुरी परेपछि अख्तियारले छापा मारेर कागजपत्र नियन्त्रण लिएको छ । कागजपत्र अख्तियारको नियन्त्रणमा भए पनि सेवा आयोगले लिखितमा नाम निकालेका परीक्षार्थीको मौखिक परिक्षा लिएको थियो ।
शिक्षा मन्त्रालयबाट वार्ता गर्ने भनेर आश्वासन दिइए पनि यतिबेला शिक्षामन्त्री विदेश भ्रमणमा गएका छन् ।