असार २, काठमाडौं — कोपा अमेरिका फुटबल खेलमा उरुग्वेले इक्वेडरमाथी फराकिलो जीत हासिल गरेको छ ।
ब्राजिलमा भईरहेको कोपा अमेरिका फुटबल खेलमा (सोमबार) बिहान उरुग्वेले इक्वेडरलाई ४–० गोलअन्तरले हराएको हो ।
निकोलस लोडेरो, इडिन्सन काभनी र लुइस स्वारेजले गोल गरेपछि उरुग्वेको जित भएको थियो ।
निकोलसले खेल सुरु भएको ६ मिनेटमै गोल गरेका थिए । काभनीले खेलको ३३औं मिनेटमा, ४४औं मिनेटमा स्वारेजले अर्को गोल गरेपछि इक्वेडरमाथि पहिलो हाफसम्म उरुग्वेको शानदार जीत अगाडी बढेको थियो ।
त्यसपछि इक्वेडरका आर्टुरो मिनाले खेलको ७८औं मिनेटमा आत्मघाती गोल गरेपछि उरुग्वेले ४–० गोलको अन्तरमा जित सनिश्चित भएको हो ।