प्रदेश १ को सरकारको बजेट ४२ अर्ब २० करोड

असार १, काठमाडौं — प्रदेश १ को सरकारले ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले आइतबार प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरेका हुन् ।

चालु तर्फ १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार, अर्थात ४३ दशमलव ९ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ४३ हजार अर्थात् ५५ दशमलव ९ प्रतिशत बजेट पेश गरिएको हो ।

वित्तिय व्यवस्थातर्फ ८ करोड अर्थात शून्य दशमलव २ प्रतिशत र अन्तर सरकारी हस्तान्तरणका लागि ९९ करोड ९९ लाख ९८ हजार रकम विनियोजन गरिएको छ ।

आगामी बर्षको प्रदेश नं १ को बजेट पनि कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारमा केन्द्रित छ ।