गण्डकी प्रदेशकोे बजेट ३२ अर्ब १३ करोड

असार १, काठमाडौं — गण्डकी प्रदेशको सरकारले ३२ अर्ब १३ करोडको बजेट प्रस्तुत गरेको छ ।

आइतबार प्रदेशसभाको बैठकमा आर्थिक मामिलामन्त्री किरण गुरुङले ३२ अर्ब १३ करोड ४७ लाखको बजेट प्रस्तुत गरेका हुन् ।

चालु खर्चतर्फ १२ अर्ब २८ करोड ९० लाख र पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० छुट्याईएको छ ।