असार १, काठमाडौं — हावाहुरीबाट पीडित बारा, पर्सा, रौतहटका स्थानीयहरु घर माग्दै आन्दोलनमा उक्रिएका छन् ।
हावाहुरीले घरबारविहीन बनेका पीडितलाई सेनाले घर बनाइदिने आसमा टेन्टमा दिन काटिरहेका उनिहरु प्लेकार्ड, ब्यानर र पुतला लिएर सडकमा उत्रिएका छन् ।
बारा प्रसौनी गाउँपालिका ४ खुटवाजब्दीका हावाहुरीपीडितले विकल्प नभएपछि दबाब दिन प्रदर्शन गरेका छन् । सेनाले घर बनाउने लिस्टबाट आफूहरूको नाम हटाइएको भन्दै हुरीपीडित आन्दोलित भएका हुन् ।
उनीहरूले प्रदर्शन गर्दै खुटवाजब्दी गाउँ परिक्रमा गरे । र त्यहीँको चोकमा पुगेर पुतला र प्लेकार्डलाई सडकमा पछारे । पुतलामा आगोसमेत लगाए ।