असार १, काठमाडौं — सरकारले सातवटै प्रदेशका प्रहरी प्रमुखहरु परिवर्तन गरेको छ । यस्तै नेपाल प्रहरीका १९ नायव महानिरीक्षक (डीआईजी) को सरूवा गरेको छ ।
सरकारले एक नम्बर प्रदेशमा ठाकुर ज्ञवाली, दुईमा प्रद्युम्न कार्की, तीनमा शेरबहादुर बस्नेत, गण्डकी प्रदेशमा विनोद शर्मा घिमिरे, पाँच नम्बरमा सुरेशविक्रम शाह, कर्णाली प्रदेशमा पूर्णचन्द्र जोशी र सुदूरपश्चिम प्रदेशमा तारिणी लम्साललाई सरुवा गरेको हो ।
यसैगरि सरकारले सशस्त्रका १३ डीआईजीको पनि सरुवा गरेको छ ।