जेठ ३२, काठमाडौं —गुठी विधेयकको विरोधमा राजधानीको बसन्तपुर दरबार क्षेत्रमा प्रदर्शन भएको छ ।
ज्यापू महागुठी नेवाः केन्द्रीय समितिको आव्हानमा सनिबार विहान बसन्तपुरदरबार क्षेत्रमा विरोध प्रर्दशन गरिएको हो । प्रदर्शनकारीले नेवाः एकता जिन्दावाद, गुठी विधेयक खारेज गर, सांस्कृतिक अतिक्रमण बन्द गर, नेवा अव जाग्दैछ, आफ्नो अधिकार खोज्दैछ लगायतका नारा लगाएका थिए
। ज्यापू महागुठी अन्तर्गतका गुठीहरुहरुको संलग्नतामा निकालिएको विरोध र्यालीले न्यूरोड, जैसीदेवल लगायतका स्थान हुदै बसन्तपुरदरबार क्षेत्र पुगी कोणसभामा परिणत भएको थियो ।
गुठी विधेयकको विरोधमा बसन्तपुरमा प्रदर्शन
