विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध नगर्न जर्मनी मार्क्सवादी–लेनिनवादी कम्युनिस्ट पार्टीको आग्रह

जेठ ३२, काठमाडौं —प्रतिबन्धीत नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपालाई फुकुवा गर्न नेपाल सरकार सँग माग गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्रमार्फत जर्मनी मार्क्सवादी–लेनिनवादी कम्युनिस्ट पार्टी (एमएलपीडी)ले प्रतिबन्धको विरोध गर्दै (विप्लव) नेतृत्वको नेकपालाई फुकुवा गर्न माग गरेको हो ।

मोनिका गार्टनेर—एन्जेलरसीसीका नामबाट १३ जुनमा उक्त पत्र नेपालका प्रधानमन्त्रीलाई आएको छ । विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्धको फुकुवा गर्न गरेको निर्णयमा पुनर्विचार सहित थप औचित्य उपलब्ध गराउन समेत (एमएलपीडी)ले अनुरोध गरेको छ ।