युट्युबर प्रनेश गौतम प्रहरी हिरासतमै

जेठ ३२, काठमाडौं — युट्युबर प्रनेश गौतम फेरी प्रहरी हिरासतमा परेका छन् ।  नेपाली फिल्म ‘वीरविक्रम–२’ को कमेडीयन समिक्षा गरेका गौतम गत २४ गते प्रहरीको पक्राउमा परेका थिए ।

साइबर अपराधको मुद्दा लागेका उनलाई फिल्म समिक्षामा पक्राउ गरिएपछि चारैतिर विरोध गरिएका कारण छुटेका थिए ।

उनी उजुरीकर्ता निर्देशक मिलन चाम्सले पत्रकार सम्मेलन मार्फत छुटाएका थिए । तर शुक्रबार विहान ६ बजे महानगरीय प्रहरी अपराध महाशाखामा उपस्थित भएका उनलाई फेरी हिरासतमा ल्याइएको छ ।

सरकारी वकिलको कार्यालयले मध्याह्न १२ बजेतिर दर्ता भएको उनको मुद्दामा बहस हुन नसकेपछि प्रहरीले हिरासतमा लिएको हो ।
मुद्दा दर्ता भएपछि हाजिरी जमानीमा छाड्न नमिल्ने प्रहरीले बताएको छ ।