दाङमा निर्माणाधिन भवनको ढलान भत्किदा ३ जनाको मृत्यू

जेठ ३२, दाङ — निर्माण गर्दै गरेको भवनको ढलान भत्किदा ३ जनाको मृत्यू भएको छ । दाङको लमही स्थित सम्राट सिमेन्ट उद्योग निर्माण गर्ने क्रममा शनिबार विहानि ढलान भत्किएर ३ जना मजदूरको ज्यान गएको हो ।

वडा प्रहरी कार्यालय, लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहका अनुसार ४५ वर्षीय मङ्गल कस्यव, २२ वर्षीय दयाल हरेन र ४६ वर्षीय साहेव साहेवले ज्यान गुमाएका छन् । मृतक तीनैजना भारतको झारखण्डका रहेका छन् ।

उक्त घटनामा अजय हेरेन, दिपेन बोडोलइ, नरेन बोडलइ पनि घाइते भएका छन् । अजय हेरेन र नरेन बोडो थप उपचारका लागि बुटवलमा छन् । दीपेनको फ्लोरेन्स अस्पताल लमहीमा उपचारपछि डिस्चार्ज गरिएका छन् ।