जेठ ३२, काठमाडौ— नेपाल निर्माण व्यवसायी संगठनले निर्माण कम्पनी एउटै बनाउने प्रस्ताव ल्याएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट निर्माण व्यवसायीहरुको संस्था संगठनले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन मार्फत सरकारसँग मर्जरसम्बन्धी नीति निर्माण गर्न माग गरेको हो ।
यसले व्यवसायी र सरकार दुवैलाई राम्रो हुने संगठनका संयोजक यज्ञध्वज कार्कीले बताए ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि ल्याएको मर्जर नीतिजस्तै सरकारले निर्माण क्षेत्रमा पनि मर्जर नीति लिनुपर्ने संगठनको माग छ ।
सार्वजनिक खरीद (सातौं संशोधन) नियमावली, २०७६ ले पनि आफूहरु सन्तुष्ट हुन नसकेको भन्दै संगठनले १३ बुँदे मागपत्र सहित प्रस्ताब अघि सारेको हो ।