अख्तियारको काम गराईप्रति वाईड वडी छनविन आयोगको असन्तुष्टि

जेठ ३१, काठमाडौं — वाइडबडी विमान प्रकरण छानबिन गर्न गठित नागरिक आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम गराईप्रति असन्तुष्टि जनाएको छ ।

आयोगको तयारी प्रारम्भिक छानबिन प्रतिवेदन सार्वजनिक कार्यक्रममा शुक्रबार अख्तियारको काम कारवाही चित्त बुझ्दो नभएको बताएको हो । अख्तियारको छानबिन प्रक्रिया औपचारिक मात्रै भएकोे आयोगका संयोजक सुकुदेव भट्टराई खत्रीले बताए । छानविन आयोगको प्रतिवेदनले संघीय संसदबाटै यसकादोषीलाई कारवाही गर्न माग गरिएको छ ।

संघीय संसदको सार्वजनिक लेखा समितिले वाईडवडी प्रकरणमा ४ अर्ब ३५ करोडभन्दा बढि भ्रष्टाचार भएको उल्लेख गर्दै दोषी ठहरीएका तत्कालीन मन्त्री रविन्द्र अधिकारी, पर्यटन सचिव, नेपाल वायुसेवा निगमका पदाधिकारीलाई कारवाही गर्नुपर्ने माग सरकारसँग गरेको छ ।

छानबिन गर्दा सरकारी निकायहरुले सहयोग नगरेको नागरिक स्तरबाट गठन गठित आयोगको गुनासो छ ।