जेठ ३१, काठमाडौं — पूर्वसभासद धनीराम पौडेलको शोक पारित गर्दै प्रतिनिधि सभा बैठक स्थगित भएको छ । पौडेल २०७० सालमा तत्कालीन एकीकृत नेकपा माओवादीका तर्फबाट समानुपातिक सभासद भएका थिए ।
पौडेलको ५४ वर्षको उमेर आजै बिहान चितवनको माडीमा निधन भएको हो । उनी सत्तारुढ नेकपाका केन्द्रीय सदस्य थिए ।
अर्को बैठक असार १ गते आइतबार बस्ने भएको छ ।
शोक पारित गर्दै प्रतिनिधि सभा बैठक स्थगित
