जेठ ३०, काठमाडौं — प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले स्थानीय तहमा कर्मचारी नियुक्तिका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल रद्द माग गरेको छ ।
बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधानमा उल्लेख गरिएको समावेशी सिद्धान्त विपरीत बिज्ञापन खुलाइएको बताए । उनले भने, ‘ संविधानमा उल्लेख गरिएको समावेशी सिद्धान्त विपरीत खुलाइएको सो विज्ञापन तत्काल रद्द गर्नुपर्छ । शर्माले समितिले भने बमोजिम स्थानीय तहको कर्मचारी करारमा राख्ने पक्षमा भने आफ्नो पार्टी नरहेको पनि बताए।
लोकसेवाको विज्ञापन रद्द गर्न कांग्रेसको आग्रह
