जेठ २८, काठमाडौं — उपत्यकामा जथाभावी हर्न बजाउने ४१३ सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
महाशाखाले एकैदिन सोमबारमात्रै ४१३ सवारी साधनलाई कारबाही गरेके छ ।
महाशाखाले जथाभावी हर्न बजाउने सवारीसाधनलाई प्लेकार्ड, ब्यानर, अडियो, पर्चा पम्लेट वितरण गरेर सचेत गराएको थियो ।
य उपत्यकामा विसं २०७४ वैशाख १ देखि उपत्यकालाई पूर्ण हर्न निषेध क्षेत्र घोषणा गरिएको थियो ।उक्त घोषणा धेरै मात्रामा लागु भएको थिएन ।
महाशाखाले ध्वनि प्रदूषण गरेवापत एउटा सवारी साधनबाट रु ५०० कारबाहीस्वरूप लिँदै आएको छ