हावाहुरीका कारण मुतक परिवारलाई सुदूरपश्चिम प्रदेश एक लाख ५० हजार राहत दिइने

 

जेठ २७, काठमाडौं — हावाहुरीका कारण मृत्यु भएका परिवारलाई राहत दिने भएको छ ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ले जनही रु एक लाख ५० हजार उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकले पूर्ण क्षति भई पीडित भएका परिवारलाई जनही रु २० हजार र आंशिक क्षति पुगेका परिवारलाई रु १० हजार उपलब्ध गराउने निर्णय गरेको छ ।
गत बिहीबार राति आएको भीषण हावाहुरीले कैलालीमा दुई जनाको मृत्यु भएको थियो भने ७६ जना घाइते भएक थिए ।

घाइतेमध्ये तीन जनाको जिल्ला बाहिरका अस्पतालमा र अन्य छ जनाको धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ६६ जना भने उपचारपछि घर फर्किएका छन् ।

रासस