जेठ २४, काठमाडौं — सर्वोच्चको आदेशमा भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाही रिहा भएका छन् ।
न्यायाधीशहरू आनन्दमोहन भट्टराई र हरि फुयाँलको संयुक्त इजलासले शाहीलाई कानुन विपरीत थुनामा राखेको भन्दै थुनामुक्त गर्न आदेश दिएको हो।
सर्वोच्चमा अधिवक्ता महेश डंगोलले हालेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले शाहीलाई छाड्न आदेश दिएको हो।
जुम्लाका ज्ञानेन्द्र शाहीलाई जेठ १५ गते प्रहरीले पक्राउ गरेको थियो ।