काठमाडौं — दिनप्रतिदिन गर्मी बढ्दै गइरहेको छ । गर्मी मौसममा पानीयुत्त फलफुल खानु उत्तम हुन्छ । गर्मी मौसममा अत्यधिक मात्रामा खपत हुने फल हो खरबुजा । खरबुजा एउटा यस्तो फल हो जसमा पानीको मात्रा अत्यधिक हुन्छ । ९० प्रतिशत पानी हुने यो फलले गर्मीमा तिर्खा मेट्नुका साथै शरीरलाई धेरै कुरामा फाइदा पुर्याउने गर्दछ । खरबुजा एन्टी–अक्सिडेन्टको स्रोत हुनुका साथै प्रशस्त मात्रामा भिटामिन सी समेत पाइन्छ ।
यस्ता छन् खरबुजा खानुका फाइदाहरु
खरबुजा खानाले प्रोटेस्ट क्यान्सर, ब्रेस्ट क्यान्सर लगायत पेटको क्यान्सरका लागि फाइदाजनक हुन्छ ।
यसमा क्यालोरीको मात्रा निक्कै कम हुने हुँदा शारीरिक तौललाई घटाउनमा सहयोग गर्छ ।
खरभुजा खानाले छालामा चमक ल्याउँछ । खरभुजा अनुहारमा लगाउनाले चमक आउँछ ।
भिटामिन सी र ए प्रचुर मात्रामा भएको खरबुजाले प्रतिरोधी क्षमता बलियो बनाउँछ ।
यो आँखाका लागि पनि निकै फाइदाजनक मानिन्छ । किड्नीको रोगीका लागि पनि भरपुर रुपमा फाइदा हुन्छ ।
खरबुजाले शरीरमा पानीको कमी हुन दिँदैन विशेषगरी पेटलाई चिसो बनाइराख्छ ।