जेठ,२२ काठमाडौं — इद पर्वकै दिन राजपुर नगरपालिकाका मेयर कुटिएका छन् । इद मनाउनका लागि चन्दा नदिएको भन्दै स्थानीयको एक समूहले राजपुर नगरपालिकाको मेयर शेख सकिललाई राजपुरको महम्मुदिया मस्जिदमा कुटपिट गरेका हुन् ।
धार्मिक कार्यक्रमहरुमा सहयोग गर्ने गरेको र तर यस पटक ईदको अघिल्लो दिन मंगलबारसम्म मेयरले सहयोग रकम नदिएपछि आक्रोशित बनेका शेख कासिम लगायतका स्थानीयले कुटपिट गरेका हुन् ।
उनिमाथी हातपता गर्ने व्यत्तिहरु भने फरार रहेको रौतहट प्रहरीले् बताएको छ ।
इदका लागि चन्दा नदिएको भन्दै मस्जिदभित्रै कुटिए मेयर
