जेठ २२, काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीको चाड इद उलफित्रको अवरमा शुभकामना शन्देस दिएका छन् ।
इल उलफित्रको रमदानको अवसरमा प्रधानमन्त्री ओलीले रमदानको बुधबार एक शुभकामना सन्देश जारी गर्दै सबै धर्म र संस्कृति अँगाल्ने नेपालीबीच सौहार्दता र राष्ट्रिय एकताको भावना जागृत हुने विश्वास गरेका छन् ।
जुनसुकै धर्म र संस्कृति अवलम्बन गर्ने हरेक नेपाली नागरिकको धार्मिक तथा सांस्कृतिक जीवनमा हर्षोल्लासका साथ सहभागी हुने अधिकार संविधानमा सुनिश्चित भएको प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।
प्रधानमन्त्री ओलीले देशमा इस्लाम धर्मावलम्बीको धार्मिक स्वतन्त्रता, हकअधिकारलाई सुनिश्चित गर्न संवैधानिक व्यवस्थाअनुरुप मुस्लिम आयोग पनि क्रियाशील रहेको बताए ।
सो पर्वमा बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषदको निर्णयअनुसार विज्ञप्ति मार्फत सो विदा दिइएको हो। विदाअनुसार बुधबार सबै सरकारी कामकाज बन्द हुनेछन्।