प्रतिबन्धित विप्लव समूहले सञ्चालन गरेको भनिएको तालिम केन्द्र फेला परेन ।

जेठ २२, ओखलढुंगा — प्रहरीले खोजी गर्दै गरेको प्रतिबन्धित विप्लव समूहले सञ्चालन गरेको भनिएको तालिम केन्द्र फेला परेन ।

सोलुखुम्बूको महाकुलुङ गाउँपालिका–५ स्थित गुँदेलमा प्रतिबन्धित विप्लव समूहले सञ्चालन गरेको भनिएको तालिम केन्द्र र विप्लव कार्यकर्ता नभेटिएको हो ।

गुँदेलमा विप्लव समूहले तालिम केन्द्र सञ्चालन गरेको तथा छेस्कामको चौकीनजिक हतियारधारी समूह आएको जानकारी पाएपछि प्रहरीले खोजी गरेको थियो ।

यसैका आधारमा विप्लवले चौकी कब्जा र आक्रमण गरेको हल्ला देशभरि फैलिएको थियो ।
सोलुखुम्बूको महाकुलुङ केन्द्रित गरी प्रहरी र सशस्त्र प्रहरीको विशेष टोली परिचालन गरेर तालिम केन्द्र र विप्लवका कार्यकर्ता खोजी भइरहेको छ ।

जिल्लातहमा सुरक्षाकर्मीको टोलीले विप्लव समूहका कार्यकर्ताको सर्च अभियान सुरु गरेको छ । तर सोलुखुम्बूका सीडीओ राना मगरले एक जना पनि विप्लव कार्यकर्ता र हतियारधारी भनिएका पक्राउ नपरेको बताए ।