जेठ २२, काठमाडौं — विश्वकप क्रिकेट प्रतियोगितामा भारत र दक्षिण अफ्रिका प्रतिस्पधा खेलदैछन् । खेल इंग्ल्यान्डको साउथ ह्याम्पटनमा नेपाली समयानुसार दिउँसो तीन बजेर १५ मिनेटमा सुरु हुने भएको छ ।
खेलका दुवै समुह आज उपाधिको दाबेदार मानिएका छन् । विश्वकपमा भारतको यो पहिलो खेल हो । दक्षिण अफ्रिकाले तेस्रो खेल खेल्दैछ ।
दक्षिण अफ्रिका पहिलो खेलमा इंग्ल्यान्डसँग १०४ र दोस्रो खेलमा बंगलादेशसँग २१ रनले पराजित भएको थियो ।
आफ्नो पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जित हासिल गर्ने भारतको उद्देश्य रहेको छ यता भारतलाई पराजित गर्दै पहिलो जित हात पार्ने दाउँमा दक्षिण अफ्रिकाको पनि छ ।