विकास बजेटमा छुट्याएको केही रकमले ‘ल्यापटप कम्प्युटर’ खरिद गर्दै

जेठ २१, काठमाडौं — सरकारले विकास बजेटमा छुट्याएको केही रकम ‘ल्यापटप कम्प्युटर’ मा खर्चिने भएको छ ।

सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदका लागि ३ सय ३४ थान ल्यापटप खरिद गर्न लागेको हो । यसका लागि आइतबार खरिद बोलपत्र आह्वान गरिएको छ ।

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रियसभाका ५९ जनालाई एक लाख रुपैयाँका दरले ल्यापटप खरिद गर्ने तयारी गरिएको हो । बोलपत्रद्धारा छनोट भई आउने कम्पनीमार्फत मापदण्ड अनुकुल ‘ल्यापटप कम्प्युटर’ खरिद गरेपछि अर्थ मन्त्रालयले रकम भूक्तानी गर्नेछ ।

कानुन, न्याय तथा मानवअधिकार समिति सभापति कृष्णभक्त पोखरेलका अनुसार विकास बजेटबाट नभई संसद सचिवालयको खर्च शीर्षकमा सांसदलाई ल्यापटप सुविधा दिने व्यवस्था उपयूत्र देखिएको छ ।

उनले ‘संसद् प्रविधिमैत्री हुनुपर्ने भएकाले सांसदलाई ल्यापटप, कानुनको किताब, राजपत्र, एउटा कुर्सी दिने व्यवस्था राखेर क्षमता अभिवृद्धि गर्ने बताए ।

आर्थिक वर्षको अन्तिमसम्ममा विकासका लागि छुट्याएको बजेट खर्च नभएका कारण सांसदलाई ल्यापटप खरिद गर्न लागिएको हो ।