जेठ १७, काठमाडौं — विदेशबाट फर्किएका नेपालील अब २५ तोलासम्म सुनका गहना ल्याउन सक्ने भएका छन् । आर्थिक विद्येयक २०७६ को बिधेयकले यस्तो नियम ल्याएको हो । अब भन्सार तिरेर २५ तोलासम्म सुनका गहना र एक सय ग्राम काँचो सुन ल्याउन पाइने भएको छ । आर्थिक विद्येयक २०७६ ले यस्तो व्यवस्था ल्याएको हो ।
नयाँ व्यवस्थाअनुसार दुई सय ५० ग्रामसम्मका गहना ल्याउन पाइनेछ । ५० ग्रामसम्म सुनका गहना ल्याउँदा शुल्क लाग्दैन । थप एक सय ग्राम ल्याउँदा प्रति १० ग्रामको ७ हजार दुई सय रुपैयाँ लाग्छ । बाँकी एक सय ग्रामको ९ हजार रुपैयाँ लाग्नेछ ।
विदेशबाट आउदा अब भन्सार तिरेर २५ तोला सुनका गहना ल्याउन सकिने
