जेठ १६, काठमाडौं — आज काठमाडौं उपत्यकासहित देशको पहाडी क्षेत्रको मौसम बदली भई पानी पर्ने सम्भावना रहेको छ । स्थानीय वायुको प्रभावका कारण बिहीबार बिहान मौसम बदली भई पहाडी भूभागका केही स्थानमा पानी परिरहेको छ ।
बिहीबार दिनभरि पहाडी भेगका धेरैजसो ठाउँमा बदली हुने र दिउँसो खुल्ने सम्भावना रहेको मौसमविदहरुले बताएका छन् । बेलुका तिर भने मेघ गर्जनसहित पानी पर्ने तथा कतै कतै हावाहुरीको पनि सम्भावना रहेको छ
आज मौसम बदली भई बेलुका मेघ गर्जनसहित पानी पर्ने सम्भावना
