जेठ १५, काठमाडौ–०७२ साल वैशाख १२ गते आएको भूकम्पका कारण वन्द रहेको नेपाल चीन सीमा तातोपानी नाका चारवर्ष पछि सञ्चालनमा आएको छ ।
विनासकारी भूकम्प गए सगै चीनले एकतर्फी रुपमा तातोपानी नाका चार वार्ष अघि देखि बन्द गरेको थियो । उक्त नाका बुधवार बिहान नेपाल र चिनका उच्चअधिकारी सम्मिलित एक कार्यक्रम बीच खुलाभएको हो ।
नाकाखुले पनि तत्कालका लागि मालबाहक ट्रक मात्र आवात जावत गर्ने छन । भूकम्पले ध्वस्त उक्त क्षेत्रमा अझै पनि जोखिम रहेकाले मानिसहरुको आवातजावतमा तत्कालका लागि रोक लगाइने भएको छ
चार वर्ष पछि खुल्यो तातोपानी नाका
