जेठ १५, काठमाडौं — सरकारले आर्थिक वर्ष २०७६र७७ को बजेटमा पशुपति क्षेत्र विकासका लागि ३५ करोड रुपैयाँ विनियोजन गरेको छ ।
संघीय संसद्मा आर्थिक वर्ष २०७६र७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले पशुपति क्षेत्र विकासका लागि ३५ करोड बिनियोजन गरिएको बताएका छन् ।
उनले काठमाडौं उपत्यका भित्रको मौलिक संस्कृति, परम्परा, संगीतको अवलोकन गर्नका लागि रात्रिकालीन काठमाडौं उपत्यका सम्पदा यात्रा सञ्चालन गरिने बताएका छन् ।
त्यस्तै उनले संस्कृतिको संरक्षणमा ध्यान दिँदै विश्व सम्पदा सूचीमा रहेका सम्पदाहरूको संरक्षण र विकासमा समेत विशेष जोड दिइने बताए ।