मोदीको सपथग्रहणमा सहभागी हुन प्रधानमन्त्री ओली बिहिबार भारत जाँदै

जेठ १४, काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली भारत जाने भएका छन् ।
ओली बिहिबार (जेठ १६ गते) नयाँ दिल्ली जाने भएका हुन् । समारोहमा सहभागी हुन सोमवार भारतबाट औपचारिक निम्ता आएको थियो।
मोदीको आगामी १६ गते साँझ ७ बजे राष्ट्रपति रामनाथ कोविन्दबाट सपथग्रहण लिनेछन् । प्रधानमन्त्री ओली सपथग्रहणसंगै समकक्षी मोदीसँग द्विपक्षीय वार्तापछि जेठ १७ गते नै स्वदेश फर्किने छन् ।