जेठ १४, काठमाडौं — भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समक्षी प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो शपथ ग्रहण समारोहमा सहभागी हुन निम्ता दिएका छन् ।
आगामी बिहीबार साँझ हुने शपथ ग्रहण समारोहका लागि मोदीले प्रधानमन्त्री ओलीलाई निम्तो गरेका हुन् ।
त्यससम्बन्धमा औपचारिक पत्र पठाउन बाँकी रहेपनि भारतीय पक्षले यसअघि नै काठमाडौंस्थित भारतीय दूतावास मार्फत नेपाली पक्षलाई शपथ ग्रहणमा उपस्थिति हुने सम्बन्धमा आवश्यक सन्देश पठाइसकेको स्रोतले बताएको छ ।