जेठ १३, काठमाडौं – बिप्लब नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दमा मकवानपुरमा दुई ट्रकमा आगजनी भएको छ ।
त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा १ चौकिटोलमा ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी भएको छ ।
मकवानपुरको उत्तरी थाहा नगरपालिका वडा नम्बर १ खानीगाउँमा ना ६ ख ८००७ नम्बरको आईचर गाडी जलाइएको अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुरमा रोकिएका दुई ट्रक जलाइयो
